
काठमाडौं, स्वास्थ्य बिमा बोर्डमा थप ३ जना सदस्य मनोनित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतबार मन्त्रीस्तरीय निर्णय गरी सप्तरीका डा तारा शाह, सुनसरीकी इन्द्रकला राई, मोरङका टीका चापागाईँलाई ४ वर्षका लागि बोर्डमा मनोनित गरेका छन्।
मन्त्रायले यसअघि बोर्ड सदस्यमा डा सुरेश तिवारी र चन्द्र थापालाई नियुक्त गरेको थियो भने अध्यक्ष पदमा भने पूर्व सचिव डा सेनेन्द्रराज उप्रेतीलाई मनोनित गरिएको थियो।
गत असारमा बोर्डका अध्यक्ष, सदस्यहरु तथा कार्यकारी निर्देशक सहित पुरानो टिमले राजिनामा दिएका थिए।
