बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ कार्तिक २०७७, आईतवार ०९:२२

बाजुरा , बाजुरा जिल्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। ताप्रीसेराबाट बेलकाटीयाका लागि गएको से १ ज ११८० नम्बर जीप बुढीगंगा नगरपालिका ४ को बेलकाट्यामा दुर्घटना भएको हो। दुर्घटनामा सोही ठाउँका अन्दाजी ४ वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनु भयो ।

शनिबार साँझ जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइते हुनेमा बुढीगंगा नगरपालिका ४ कै २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइतेको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।