पछिल्लो २४ घण्टामा थपिए २५ सय ८ जना कोरोना संक्रमित, उपत्यकामा मात्रै १३ सय ५७

१५ कार्तिक २०७७, शनिबार १६:४१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २५ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसअनुसार १५ सय ३२ जना पुरुष र ९ सय ७६ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३१ हजार २२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ