पोखरामा थप एक कोरोना संक्रमितको निधन

१५ कार्तिक २०७७, शनिबार १५:२६

पोखरामा थप एक कोरोना संक्रमितको निधन भएको छ । पोखरा महानगरपालिका– ९ की ६२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शनिबार बिहान निधन भएको हो ।

प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले बिहान ८ बजे उपचारको क्रममा कोभिड– १९ केन्द्रमा उनको निधन भएको बताउनु भयो । उनलाई १३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि आइसियूमा राखेर उपचार भइरहेको थियो ।

उनमा निमोनियालगायत समस्या देखिएको निर्देशक डा आचार्यले जानकारी दिनु भयो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७६ पुगेको छ ।