बुटवलबाट काठमाण्डौ आउँदै गरेको जीप धादिङमा दुर्घटना हुँदा ५ जना घाइते

१४ कार्तिक २०७७, शुक्रबार १७:३१

प्रतिकात्मक तस्बिर


धादिङ , बुटवलबाट काठमाण्डौ आउँदै गरेको जीप धादिङको पृथ्वी राजमार्गको सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

बा १२ च ४४१० नम्बरको जीप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको हो । अहिले सबै घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।