प्रदेश २ मा आज सार्वजनिक बिदा

१४ कार्तिक २०७७, शुक्रबार १०:०५

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सवको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ।

नेपासहित विश्वभर नै आज मोहम्मदको १४९५ औं जन्मोत्सव मनाइँदै छ। आजको दिनलाई ‘मोहम्मद डे’ का रुपमा मनाइन्छ।

मुस्लिम समुदायले आज र्‍याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, हजरतको उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ। प्रदेश २ का जिल्लामा मुस्लिम समुदायको बाक्लो बसोबास छ।

तर, यस वर्ष भने कोरोना संक्रमणको जोखिमका कारण सामूहिक भेला भएर कार्यक्रम नगर्न सरकारले अनुरोध गरेको छ।