
काठमाडौ, कोरोना संक्रमण पुष्टि भएपछि उपचाररत काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंंको निधन भएको छ। काभ्रे पोष्ट दैनिकको प्रधानसम्पादक ५१ वर्षीय चौलागाईंको आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उहाँ होम आइसोलेसनमा बस्नु भएको थियो । तर ज्वरो बढेपछि कात्तिक १ गते उपचारका लागि ओम अस्पताल चावहिलमा भर्ना गरिएको थियो।
ब्रोनकाइटिस पीडित उहाँमा कोरोना संक्रमण पनि देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो। उहाँको उपचारका क्रममा ओम अस्पतालमा आज बिहान ४ बजे निधन भएको परिवार स्रोतले जानकारी दिएको छ।
