गण्डकीमा थपिए ९८ जना कोरोना संक्रमित

१४ कार्तिक २०७७, शुक्रबार ०८:१५

पर्वत , गण्डकी प्रदेशमा शुक्रबार थप ९८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यससँगै गण्डकीमा संक्रमितहरुको संख्या सात हजार १४५ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रम गण्डकी प्रदेशका प्रवक्ता डा विनोद विन्दु शर्माले शुक्रवार बिहानै तीनवटा विज्ञप्ति जारी गरेर कोरोना जानकारी दिनु भएकोहो ।