प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

१३ कार्तिक २०७७, बिहीबार १४:२०

जनकपुर , इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका अवसरमा प्रदेश २ सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ ।

मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको शुभकामना वक्तव्य जारी गर्दै त्यसको खुशियालीमा शुक्रबार प्रदेश २ मा सार्वजनिक बिदा दिइएको जनाउनु भएको छ ।