स्वास्थ्य मन्त्रालयको नियमित कोरोना मिडिया ब्रिफिङ अब हप्ताको दुई दिन मात्र

१२ कार्तिक २०७७, बुधबार १७:१७

काठमाडौँ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियमित प्रसारण हुने कोरोना मिडिया ब्रिफिङ अबदेखि हप्ताको दुई दिन मात्र आउने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तालिका परिवर्तन भएको भन्दै हप्ताको दुई दिन आइतबार र बुधबारमात्र साविककै समयमा प्रसारण हुने जनाउनु भयो ।

उहाँले कोरोना सम्बन्धी तथ्यांक तथा जानकारीका लागि हरेक दिन ४ः३० मन्त्रालयको वेबसाइट, फेसबुक ,ट्वीटर, भाइबर, स्वास्थ्य मोबाइल एप्लिकेसनलगायतबाट कोरोनासम्बन्धी जानकारी लिन सकिने जनाउनु भयो ।