एकै परिवारका दाजुभाइको शव पोखरीमा फेला

१२ कार्तिक २०७७, बुधबार १५:५२

सिरहा , सिरहामा एकैपरिवारका दुई दाजुभाइको शव पोखरीमा फेला परेको छ । सिरहाको नरहा गाउँपालिका ३ खोरियाका गुलजार शेखका १० वर्षीय छोरा मोहम्मद अनजार र ८ वर्षीय मोहम्मद यहसानको सब बेलुका पोखरीमा भेटिएको हो ।

खोरिया गाउँदेखि करिब सात सय मिटर पश्चिममा रहेको पोखरीमा दुवै बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुलाल जैसवालले बताउनु भयो । दिउँसो ३ बजेदेखि बेपत्ता उनीहरूको खोजी गर्ने क्रममा दुवै दाजुभाइको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको डिएसपी जयसवालले बताउनु भयो ।