आज दशैंको तेस्रो दिन, मान्यजनबाट टीका र जमरा लगाइँदै

१२ कार्तिक २०७७, बुधबार १०:२०

काठमाडौं, आज वडा दशैंको तेस्रो दिन पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी रहेको छ।दशैंका दिन छुटेकाहरु आज पनि मान्यजनबाट टीका र जमरा लगाइरहेका छन्।

हिन्दूधर्मालम्बीले दशैंदेखि पूर्णिमासम्म मान्यजनबाट टीका र जमरा लगाउने गर्छन्। दशैंका दिन सबैलाई भेट्न नसकेकाहरु पूर्णिमाका दिनसम्म मान्यजनकहाँ गएर आशीर्वाद लिने गर्छन्।घटस्थापनाका दिन विधिपूर्वक दशैंघरमा जमरा स्थापना गरिन्छ। त्यहि जमरा दशैंको दिनदेखि पूर्णिमासम्म मान्यजनबाट लगाउने गरिएको छ।