
खोटाङ , खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप बराहापोखरी गाउँपालिका– पाँच सोह्रखानीमा सोमबार राती दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा बराहापोखरी गाउँपालिका–छ का ४५ वर्षीय दधुमान राई, सोही स्थानका ४० वर्षीय विश्व राई रहेका छन् । त्यस्तै उदयपुर चौदण्डीगढी नगरपालिका– ८ की २० वर्षीया बृहस्पति राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
