पछिल्लो २४ घण्टामा देशभर ५७० जना संक्रमित

११ कार्तिक २०७७, मंगलवार १६:३५

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ५७० जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन्।

योसँगै हालसम्म १ लाख १८ हजार८४३ पुगेको छ।आज देशभर ४० हजार ६८१ जना सक्रिय संक्रमित छन्। आज देशभर १४ जना संक्रमितको मृत्यु भएको छ।