
काठमाडौँ , सत्तारुढ दल नेकपाका नेता जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ।
पूर्वमन्त्री शर्माले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिनु भएको हो ।
‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जानकारी गराउँदछु,’ फेसबुकमा उहाँले लेखनु भएको छ , ‘केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु।’
