प्रदेश १ का आन्तरिक मन्त्री कार्कीलाई कोरोना संक्रमण

७ कार्तिक २०७७, शुक्रबार ११:२३

मोरङ, प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट पोजेटिभ आएको मन्त्री कार्कीले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनु भएको छ ।

यसअघि असोज २९ मा पीसीआर गर्दा उनको रिपोर्ट नेगेटिभ देखिएको थियो । त्यसयता सामन्य रुघाखोकीलगायत असर देखिएपछि उहाँ होम आइसोलेसनमा हुनुहुन्थ्यो । तर, बिहीबार फेरि स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

पोजेटिभ देखिएपछि कार्की होम आईसोलेसनमा बस्नु भएको छ ।