डा डीआर उपाध्यायको भावुक स्टाटसः अप्रिय कोरोनाले डसेरै छाड्यो

३ कार्तिक २०७७, सोमबार ०८:४५

काठमाडौं, बिश्व कीर्तिमानी गीतकार तथा उपन्यसकार डा डीआर उपाध्यायलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले आफूलाई कोरोना संक्रमण पुष्टि भएको र सम्पर्कमा आउनु भएकालाई सचेत हुन आफनो फेसबुक मार्फत आग्रह गर्नुभएको छ ।

बिहीबार शरीर दुखेको र ज्वोरो आएपछि कोरोना संक्रमण परीक्षण गर्नु भएका उहाँमा शनिबार संक्रमण पुष्टि भएको हो । उपाध्यायले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गर्नुभएको छ । अहिले उपाध्याय होम आइसोलेसनमै बस्नुभएको छ । डा डीआर उपाध्यायले आफनो फेसवुकमा भावुक स्टाटस लेख्दै भन्नु भएको छ, अप्रिय कोरोनाले डसेरै छाड्यो । यस्तो छ, उपाध्यायले आफनो फेसवुकमा लेखेको भावुक स्टाटसः

आयोखवर परिवार उहाँको शीर्घ स्वास्थ्य लाभको कामना गर्दछ ।