
काठमाडौं, नेपालमा आइतबार थप २९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २९ सय ४२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा १४ हजार आठ सय ७५ जनाको नमुना परीक्षण गरेको जनाएको छ।
योसहित हालसम्म देशभर कोरोना संक्रमितको संख्या संख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ।
त्यस्तै आइतबार कोरोनालाई जितेर २३ सय २६ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या ९२ हजार एक सय ६६ पुगेको छ।
हाल देशभर ३९ हजार तीन सय ४१ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल १२ हजार नौ सय ३३ जना संस्थागत आइसोलेसनमा र २६ हजार चार सय आठजना होम आइसोलेसनमा रहेको डा गौतमले बताउनु भयो ।
