बुटवल , वनका काठ ओसारपसारमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घूस लिँदै गर्दा रुपन्देहीको सब डिभिजन वन कार्यालय मुर्गियाका एक कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले वनरक्षक प्रेमचन्द्र विकलाई शनिबार बिहान सैनामैना नगरपालिका–६ कलौनीचोकबाट रकमसहित रंगेहात पक्राउ गरेको हो ।
पीडितले दिएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको आयोगका सूचना अधिकृत सरेश भुसालले बताउनु भयो । उनीमाथि थप अनुसन्धान भइरहेको अधिकृत भुसालले जानकारी दिनु भयो ।