
काठमाडौं , बैतडीको सुर्नया गाउँपालिकाका स्थानीयले अध्यक्ष वीरबहादुर विष्टमाथि कुटपिट गरेका छन् ।
गाउँपालिकाको केन्द्रका विषयमा विवादका कारण गाउँपालिकाका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका थिए । तर, अध्यक्ष विष्ट ताला खोल्न गएको भन्दै स्थानीयले उनीमाथि कुटपिट गरेका हुन् ।
गाउँपालिका अध्यक्षले ताला खोलेको भन्दै स्थानीय आक्रमणमा उत्रिएका थिए । बुधबार साँझ भएको झडपका क्रममा गाउँपालिका अध्यक्ष विष्टसहित १२ जना घाइते भएका छन् ।
घाइते हुनेमा गाउँपालिका अध्यक्ष विष्टसहित अन्य ५ जना प्रहरी छन् भने ६ जना स्थानीय छन् ।
