थप २६ सय ३८ जनामा संक्रमण पुष्टि

२८ आश्विन २०७७, बुधबार १६:३८

काठमाडौं , बितेको २४ घण्टामा देशभर २६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। आज देशभर २ हजार १७४ संक्रमित कोरोनामुक्त भएका छन्। सो कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनु भयो ।

नेपालमा हाल ३६ हजार ३६७ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ८१९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २१ हजार ५४८ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताउनु भयो ।