नेकपा कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक शाह हटाइए

२६ आश्विन २०७७, सोमबार १५:३५

काठमाडौं, नेकपा कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक गुलावजंग शाहलाई जिम्मेवारीबाट हटाइएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले उहाँको काम सन्तोषजनक नभएको भन्दै जिम्मेवारीमुक्त गर्नु भएको हो ।

कर्णाली प्रदेश सभामा मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै १८ जना सांसदले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

आज मात्र नेकपाका दुइ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले काठमाडौंमा भेट गरी कर्णाली प्रदेशको विवादबारे छलफल गरेको भए पनि प्रदेशमा देखिएको विवाद थप जटिल बन्दै गएको देखिन्छ ।