विराटनगरको न्यूरो अस्पतालमा ६६ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु

२५ आश्विन २०७७, आईतवार १७:३४

मोरङ, विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिष्ट अस्पतालमा कोरोना संक्रमित बृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार उदयपुर त्रियुगा नगरपालिका १० का ६६ वर्षीय बृद्धको उपचारका क्रममा आइतबार विहान करिब साढे ५ बजे मृत्यु भएको हो।

विरामीलाई निमोनियाको आशंकासहित उपचारका लागि अस्पताल भर्ना गरिएको अस्पताल प्रशासनको भनाई छ।

आचार्यका अनुसार स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा शनिबार रिपोर्ट पोजेटिभ आएपछि न्युरोकै कोभिड अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

उपचारकै क्रममा कोभिड अस्पतालको आइसोलेसनमा वृद्धको मृत्यु भएको हो । मृतकमा मधुमेह र श्वासप्रश्वास सम्बन्धी पुरानो समस्या रहेको अस्पतालले जनाएको छ ।