आज देशभर थपिए २ हजार ७१ जना संक्रमित

२५ आश्विन २०७७, आईतवार १७:१४

काठमाडौं , आइतबार देशभर २ हजार ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज २ हजार ७१ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या एक लाख ७ हजार ७५५ जना पुगेको छ । पछिल्लो पटक आइतबार २ हजार ७१ जना संक्रमित थपिएका हुन् । यसैगरी ७५ हजार ८०४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५५२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यसैगरी काठमाडौं उपत्यकामा पनि १ हजार ४१६ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार १४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ गरि जम्मा १ हजार ४१६ जना संक्रमित थपिएका हुन् । यही संक्रमित मध्येबाट ६३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मृत्यु भएको हो ।