डा केसी र सरकारबीचको सहमतिसँगै चिकित्सक संघको आन्दोलन फिर्ता

२५ आश्विन २०७७, आईतवार ०९:३९

काठमाडौँ, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

डा गोविन्द केसी र सरकारबीच सहमति भएसँगै सबै आन्दोलनका कार्यक्रम फिर्ता गरिएको संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, आवासीय चिकित्सकहरुले पनि आजदेखि गर्ने भनिएका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

नेसनल रेजिडेन्ट डाक्टर्स एशोसियसन, रेजिडेन्ट एशोसियसन अफ न्याम्स र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले संयुक्त विज्ञप्ति जारी गर्दै सबै कार्यक्रम फिर्ता लिएको जनाएका हुन्।

शनिबार राति सरकारी पक्ष र डा केसी प्रतिनिधिबीच ८ बुँदे सहमति भएको थियो।