रुपन्देहीमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

२५ आश्विन २०७७, आईतवार ०९:२१

बुटवल, रुपन्देहीमा कोरोना संक्रमणबाट शनिबार राति तीन जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ११ का ८४ वर्षीय पुरुषको रुपन्देही अस्पतालमा आईसीयू बेड खाली नभएका कारण दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।
शनिबार स्वास्थ्यमा समस्या देखिएर लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनको संक्रमण देखिएको थियो ।

कोरोना बिशेष अस्पतालमा भर्ना रहेका ७० वर्षीय पुरुषको राति मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिनु भयो । उनी गत २२ गते देखि कोरोना बिशेष अस्पतालमा उपचार गराइरहेका थिए ।

त्यस्तै बुटवल ११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ । गत असोज २१ गते कोरोना पुष्टि भएर कोरोना बिशेष अस्पतालमा भर्ना भएकी ६१ वर्षीया महिलाको राति मृत्यु भएको थापाले जानकारी दिनु भयो ।

गएराति भएको मृत्युसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।