नोबेल अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

२५ आश्विन २०७७, आईतवार ०९:०६

विराटनगर , नोबेल शिक्षण अस्पतालमा उपचाररत सुनसरीका एक महिला र एक पुरुष गरी दुई जना कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको छ ।

सुनसरीको दुहबी–३ की ४० वर्षीया महिला हरिनगरा ४ का ७१ वर्षीय पुरुषको मृत्यु भएको हो । मधुमेह र फोक्सोसम्बन्धी रोगले पीडित महिला उपचारका लागि असोज २० गते अस्पताल भर्ना भएपछि गरिएको स्वाब परीक्षणको पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताउनु भयो ।

यस्तै, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएर असोज २१ गते अस्पताल भर्ना भएका ७१ वर्षीय वृद्धको पनि स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा शनिबार राति मृत्यु भएको उहाँले बताउनु भयो । प्रदेश १ मा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९८ पुगेको छ ।