
डा गोविन्द केसी अहिले १९ औँ अनशनमा छन्। आठ दिनसम्म जुम्लामा अनशन बसेका डा केसी गएको बुधवारदेखि काठमाण्डूस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका छन्।
डा केसीको स्वास्थ्य स्थिति बिग्रिँदै गएको र सरकारले कुनै वास्ता नगरेको भन्दै केसीको समर्थनमा आवासीय चिकित्सकहरूले प्रदर्शन गरेका छन्। उनीहरु डाक्टर केसीले राखेका माग सम्बोधन गर्न दबाब दिन प्रदर्शनमा उत्रिएका छन ।
चिकित्सकहरुले आइतबारदेखि दैनिक दुई घण्टा इमर्जेन्सी र कोभिड उपचार बाहेकका अन्य सेवा ठप्प गर्ने बताएका छन्।
