प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने निर्णय

१६ आश्विन २०७७, शुक्रबार १४:१४

काठमाडौं , प्रदेश नम्बर ५ को सरकारले प्रदेशको राजधानी दाङको भालुवाङमा बनाउने निर्णय गरेको छ।

शुक्रबार बसेको प्रदेश सरकारको बैठकले प्रदेश नं ५ को स्थायी राजधानी बारे निर्णय गरेको हो।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेपछि प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले दाङलाई राजधानी तोकेको हो।

दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरिएको छ।

यसअघि राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन।