
मकवानपुर, त्रिभुवन राजपथअन्तर्गत् मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसेमा सवारी दुर्घटना भएको छ । भैंसेस्थित सुन्दरी मावि नजिकै शुक्रबार बिहान ट्रक दुर्घटनाहुँदा तीन जना घाइते भएका छन् ।
ना ७ ख ४२५२ नम्बरको ट्रक सडकबाट करिब २० मिटर तल खोलामा खसेर दुर्घटना भएको भैसै प्रहरी पोस्टका इञ्चार्ज कुलबहादुर श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार दुर्घटनामा घाइते हुनेमा गाडीको चालक, सहचालक र अर्का एक जना व्यक्ति रहेका छन् ।
दुर्घटनामा सवारी चालक कलैया उपमहानगर–२ का ४० वर्षीय मिश्रीलाल राउत, सहचालक २३ वर्षीय कन्हैयालाल पटेल र गाडीमा सवार ३० वर्षीय अनिलकुमार कुसवाहा घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
