डा भोला रिलालको ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलको गीत सार्वजनिक

१६ आश्विन २०७७, शुक्रबार ०९:१९


वरिष्ठ चिकित्सक तथा गायक भोला रिजालले कोरोना महामारीको बेला समग्र स्वास्थ्यकर्मीको सम्मानमा ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलको गीत सार्वजनिक गरेका छन् ।

स्वास्थ्यकर्मीले यो महामारीमा देखाएको त्याग र तपस्यालाई रिजालले गीतको बोल मार्फत समावेश गरेका छन् । सरकारी तथ्यांक अनुसार देशभर हाल ८ सय स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएका छन् ।

शिव परियार र मेलिना राईको स्वर रहेको उक्त गीतमा डा लोचन कार्की, पुर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल, दिपकराज गिरी, दिपाश्री लगायतको अभिनय रहेको छ ।