देशभर आज थप १ हजार ९११ जना कोरोना संक्रमित

१५ आश्विन २०७७, बिहीबार १६:३०

काठमाडौं , बिहीबार देशभर १ हजार ९११ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १ हजार ९११ जनामा कोरोना पुष्टि भएको जानकारीदिनु भयो ।

योसँगै देशभर कुल कोरोना संक्रमित संख्या ७९ हजार ७२८ जना पुगेको छ । पछिल्लो पटक बिहीबार १ हजार ९११ जना संक्रमित थपिएका हुन् । यसैगरी ५७ हजार ३८९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ९६१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट ५०९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको हो ।