अधिकृत र सुब्बाको परीक्षा तालिका सार्वजनिक

१४ आश्विन २०७७, बुधबार १०:०२

काठमाडौं , लोकसेवा आयोगले कोरोनाका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ। आर्थिक वष ०७६ ७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको लोकसेवाले जनाएको छ। जस अनुसार शाखा अधिकृतको कात्तिक १८ गतेबाट सुरु हुने छ भने नायब सुब्बाको मंसिर ८ गतेबाट सञ्चालन हुने छ।