ओली प्रचण्डबीच जुटेन सहमति

१३ आश्विन २०७७, मंगलवार १६:०४


काठमाडौं , प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल आज पनि निष्कर्षविहीन बनेकोे छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड मन्त्रिमण्डल पुनर्गठन, राजनीतिक नियुक्ति तथा पार्टी एकिकरणका बाँकी काम टुंग्याउनेलगायतका विषयमा गत बिहीबारदेखि निरन्तर छलफलमा छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तीन घण्टा लामो छलफलमा पनि सहमति जुट्न नसकेपछि छलफल निष्कर्षविहीन बन्न पुगेको हो ।