
काठमाडौं, साहित्यका विशिष्ट स्रष्टा स्व मनुजबाबु मिश्रका निबन्धहरूको संग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ।
मिश्रका यसअघि प्रकाशित ६ वटा निबन्ध संग्रहबाट साहित्यकार अमर न्यौपानेले छानेका निबन्ध ‘एकलानुभूति’मा संग्रहित छन्।
मिश्रका विभिन्न निबन्ध संग्रहका फरक–फरक अनुहारका रूपमा यो पुस्तक रहेको न्यौपानेले बताउनु भयो ।
