यसरी हुँदैछ मन्त्रीमण्डल पुनर्गठन

१२ आश्विन २०७७, सोमबार १७:०२

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले लामो छलफल गरेर अब बन्ने नयाँ मन्त्रीहरूको लागि छुट्टै मापदण्ड बनाएर दुई वर्ष अवधि पुगेका अधिकांश मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन ।

लामो छलफल पश्चात पार्टीको शक्ति सन्तुलन, कार्यक्षमता, अनुभव र वरिष्ठताको आधारमा मन्त्रिमण्डल पुर्नगठनको तयारी भएको स्रोतले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा यस्तो सहमति बनेको बताइएको छ ।

स्रोतका अनुसार दुई वर्ष काम गरेका अधिकांश मन्त्रीहरु हट्नेछन् । नयाँ मन्त्री क कस्लाई बनाउने भन्नेबारे समेत दुई अध्यक्षबीच समझदारी बनिसकेको बताइएको छ । त्यसका लागि मापदण्डमा समेत सहमति समेत बनेको छ ।

मन्त्रिमण्डल पुर्नगठनको तयारीलगत्तै बालुवाटार र खुमलटारमा नेकपा नेताहरुको दौडधुप चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा संकटमा पर्दा आफूलाई सहयोग गर्नेहरुलाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।

मन्त्रिमण्डल तत्काल परिवर्तन हुने संकेत प्राप्त भएको समेत स्रोतले बतायो। १४ असोजसम्म बामदेव गौतम मन्त्री बन्न पाउने छैनन् । त्यसकारण पनि केही दिन रोक्ने विषयमा समेत दुई अध्यक्षबीच छलफल भएको बुझिएको छ ।

केहि कार्यक्षमता कमजोर भएका नयाँ र अधिकांश मन्त्रीहरूलाई राजिनामा दिन लगाएर मन्त्रिमण्डल परिवर्तन गर्ने तयारी भैरहेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले केहि मन्त्रीहरूलाई बालुवाटार बोलाएर बाध्यतामा परेर मन्त्रिपरिषदमा निरन्तरता दिन नसकेको समेत बताईसकेका छन् । (हिमालपोस्टबाट साभार)