मन्त्रीपरिषद बैठकअघि नै प्रचण्ड बालुवाटार

११ आश्विन २०७७, आईतवार १०:५३

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल शुरू भएको छ । प्रम ओलीले आजै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको छ ।

मन्त्रिपरिषद् बैठक अगाडि ओलीले प्रचण्डलाई बालुवाटार बोलाउनु भएको हो । आइतबार बिहानबाट सुरु भएको भेटमा मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल हुने बताइएको छ।

‘उहाँहरु अहिले छलफलमा बसिरहनु भएको छ। बैठकपछि मात्रै उहाँहरुबीचको छलफलको विषयको बारेमा जानकारी आउँछ,’ अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले भन्नु भयो ।