
भक्तपुर, चन्दा संकलन गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका १ मनोहरा सुकुम्बासी टोल बस्ने उदयपुर हदैनी ६ घर भएका ६१ वर्षीय गोपाल नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त टोलका व्यक्ति तथा संस्थाबाट तीन लाख रुपैयाँ संकलन गरी रसिद बाँड्दै गरेको अवस्थामा विभिन्न पर्चाहरु, एनआईसी एसिया बैंकको चेकबुक १ थान र विभिन्न कागजात सहित उनलाई प्रहरीले पक्राउ गरेको जनाएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
