
तम्घास , नेपाली कांग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा सोमबार झडप भएको छ । पार्टी कार्यालय, बिपी स्मृति भवन क्याम्पसरोडबाट निकालिएको र्याली भीमचोक, पुतलीबजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडितर्फबाट प्रशासन कार्यालयभित्र जान खोज्दा प्रहरीसँग झडप भएको हो ।
झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, कांग्रेस क्षेत्र नम्बर २ ‘क’ का सभापति पूर्ण केसी, नेता श्रीप्रसाद भलामीलगायत घाइते भएका छन् । झडपमा दुई प्रहरीसहित छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनु भयो ।
