
काठमाडौं , आइतबार १ हजार ३२५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १ हजार ३२५ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ६४ हजार १२२ जना पुगेको छ । पछिल्लो पटक आइतबार १ हजार ३२५ जना संक्रमित थपिएका हुन् । यसैगरी ४६ हजार २३३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा ९६६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट ४११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको हो ।
