
काठमाडौं , बिहीबार १ हजार २४६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १ हजार २४६ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ५० हजार ४६५ जना पुगेको छ । पछिल्लो पटक बिहीबार १ हजार २४६ जना संक्रमित थपिएका हुन् । यसैगरी ३५ हजार ७०० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ८१८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट ३१७ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको डा गौतमले बताउनु भयो ।
