डा रविन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत दिएको सुझाव यस्तो छ

२५ भाद्र २०७७, बिहीबार १२:३३

घरबाहिर जाँदा सबैले सहि तरिकाले अनिवार्यरुपमा मास्क लगाउने, जहाँ पनि ६ फिटको दुरी कायम गर्ने, हात सफा गरिरहने, भीडभाडमा नजाने तथा खुला ठाउँमा बसेर कुराकानी गर्नेजस्ता काम सबै नागरिकले अनुशासित भएर पालना गर्यौं भने –
– कहिल्यै लकडाउन हुँदैन ।
– कहिल्यै निषेधाज्ञा हुँदैन ।
– अस्पतालमा भर्ना हुनुपर्दैन ।
– आइसीयुमा पुग्नु पर्दैन ।
– भेन्टिलेटरमा जानु पर्दैन ।
– कोभिडको कारण मृत्यु हुँदैन ।
– हाम्रा काम तथा ब्यवसाय चलिरहन्छन् ।
– छोटो समयमा महामारी नियन्त्रण हुन्छ ।
– खोपको लागि चिन्तित हुनुपर्दैन ।
– हाम्रो जीवन र जीविका दुवै बच्छ ।
– देशको अर्थतन्त्र धरासायी हुँदैन ।
– जनजीवन पहिलेजस्तै सुचारु हुन्छ ।