आज पनि बढ्यो सुनको मूल्य

२५ भाद्र २०७७, बिहीबार १२:०६

काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य तोलामा ४०० रूपैयाँले बढाएको छ।

नेपाली बजारमा आजको सुनको भाउ ९६ हजार ८०० रूपैयाँ पुगेको छ।

महासंघले हिजोका लागि छापावाल सुनको मूल्य तोलामा ६०० रूपैयाँले भाउ बढाएको थियो। हिजो सुनको मूल्य तोलामा ९६ हजार ४०० रूपैयाँ कायम थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य ९६ हजार ३०० रूपैयाँ छ भने चाँदीको प्रतितोला मूल्य १३२५ रूपैयाँ कायम छ।

हिजो चाँदीको मूल्य तोलामा एक हजार ३१५ रूपैयाँ थियो।