काठमाडौंका फोटो पत्रकारलाई राहत

२५ भाद्र २०७७, बिहीबार ११:५०

काठमाडौं, लकडाउनका कारण समस्यामा परेका काठमाडौंमा फोटो पत्रकारलाई राहत स्वरुप २५ केजी चामल र १ केजी सोयाविन वितरण गरिएको छ ।

बाग्लुङ समाज कल्याण केन्द्रका उपाध्यक्ष रसुमिला श्रेष्ठ र समाजसेवी सरोज भारीको सहयोगमा १५ जना फोटो पत्रकारलाई चामल उपलब्ध गराएको एनएफपीजेका महासचिव प्रदीपराज वन्तले जानकारी दिनु भयो ।

समाजसेवीले उपलब्ध गराएको खाद्यान्न राष्ट्रिय फोटो पत्रकार समूहले आवश्यकताका आधारमा फोटो पत्रकारलाई उपलब्ध गराएको थियो ।