बँदेलको आक्रमणबाट तीनजना घाइते

२४ भाद्र २०७७, बुधबार १२:५८

Wild boar

चितवन , जंगली बँदेलको आक्रमणबाट चितवनमा तीनजना घाइते भएका छन् । घाइते हुनेमा भरतपुर महानगरपालिका २८ का एकै परिवारका अमन कुमाल, धर्म कुमाल, अशोक कुमाल छन् । मंगलबार उनीहरुलाई बिहान बर्दाहा सामुदायिक वननजिकै रहेको घरमा बँदेलले आक्रमण गरेको थियो ।
घाइते तीनैजनाको भरतपुरको नारायणी अस्पतालमा उपचार भएको छ । घाइते दुईजना भने उपचारपछि फर्किसकेका छन् । एकजनाको उपचार भइरहेको छ ।