आज देशभर ९०२ जना संक्रमित थपिए

२३ भाद्र २०७७, मंगलवार १७:०८

काठमाडौं , मंगलबार देशभर ९०२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ९०२ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ४८ हजार १३८ जना पुगेको छ । पछिल्लो पटक मंगलबार ९०२ जना संक्रमित थपिएका हुन् । यसैगरी ३२ हजार ९६४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार २८७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट ३०६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाबाट मृत्यु भएको डा गौतमले बताउनु भयो ।