निर्णयलाई गलत प्रचार गरियो नगरप्रमुखः थापा

२३ भाद्र २०७७, मंगलवार १३:१६

अर्घाखाँची , भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले उपप्रमुख खडानन्द बेल्वासेले बिकास निमार्णको कार्यमा पटक पटक अबरुद्ध गरेको बताउनु भएको छ ।
नगरपालिकाको सभाहलमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मनतब्य राख्दै उहाँले भन्नु भयो, ‘नगरपालिकाको कामप्रति सवैश्रेत्र र जनतावाट सकरात्मक प्रतिकृया आईरहेको अवस्थामा पनि उपप्रमुख बेल्वासेले कपोकलपित तथा पुर्वाग्रहमा आधारित भई जनतालाई दिगभ्रमित पार्ने गरि अभिब्यक्ति दिने गरेको बताउनु भयो ।
सोही क्रममा थापाले बिकास र सुशासनको सवालमा नगरपालिकाले कसै संग सम्झौता नगरी अगाडी वढेको बताउनु भयो । थापाले एकपक्षिय रुपमा उपप्रमुखले पत्रकार सम्मेलन गरि गलत प्रचार गरेको भन्दै संप्रमाण सहित पालिकाले निर्णय गरेको निर्णयहरु समेत पत्रकार सम्मेलनमा सार्वजनिक गर्नु भएको थियो । उहाँले पालिकास्तरमा निमार्ण हुन लागेको १५ सैयाको अस्पताल निमार्णको लागी मापदण्ड बमोजिम कार्यपालिकाको बैठकले गरेको निर्णय जानकारी गराउदै पालिकाको निर्णय समेत सार्वजनिक गर्नु भएको थियो ।
उहाँले भननु भयो, आफै बसेर निर्णय गर्ने,हस्ताक्षर पनि गर्ने अनि कृर्ते भनेर आफै प्रचार गर्ने र आफुले आफै गलत भएको भन्दै प्रचार गर्ने, यो खालको गलत प्रवृतीको खेद प्रकट गर्दछु ।
प्रमुख थापाले नगरपालिकाले आफना कार्यहरु छोटो अवधीमा पनि बिकास निमार्णका कार्यहरु सडक निमार्ण स्तर उन्नती खानेपानी शिक्षा सिचाई कृर्षि स्वरोजगार लगाएका क्षेत्रमा महत्वपुर्ण कामहरु गरेको पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
नगरपालिकालाई भ्रस्टचारमुक्त पालिका बनाई जनताको करबाट सच्चित बजेटलाई सहि रुपमा सदुपयोग गर्नुपर्छ भनि आफुले दृढताका साथ काम गर्दा बिभिन्न पक्षवाट पटक पटक अवरोध सहनु परेको गुनासो समेत ब्यक्त गर्नु भएको थियो ।