कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको बिषयमा भ्रम फैलाउने एक व्यक्ति पक्राउ

२२ भाद्र २०७७, सोमबार १७:३७

काठमाडौं , प्रहरीले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको बिषयमा भ्रम फैलाउने एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले कोरोना संक्रमितको मृत्युपछि आफन्तलाई भेटन नदिई शरीरका विभिन्न अंग झिकेर बेचबिखन गर्ने गरिएको भनेर सर्वसाधारणलाई दिग्भ्रमित पारेको भन्दै ललितपुरको नखिपोट बस्ने सुवास सुब्बा लिम्बुलाई पक्राउ गरेको हो।

तेहथुम घर भएका सुब्बालाई सोमबार नखिपोटबाटै पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जाजलमार्फत् सार्वजनिक गरेको सूचनामा उल्लेख छ।