बर्दियाको बासगढी नगरपालिका क्षेत्र शिल

२२ भाद्र २०७७, सोमबार १०:५०

बर्दिया , बर्दियाको बासगढी नगरपालिका क्षेत्र आज विहान सोमबारदेखि पूर्णरूपमा शिल गरिएको छ । बासगढी नगरपालिका क्षेत्रमा रहेको चौधरी ग्रुपको वाईवाई चाउचाउ फ्याक्ट्रिमा काम गर्ने ४२ जना कामदारमा कारोना संक्रमण देखिएपछि नगर क्षेत्र शिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विहानैदेखि नगर क्षेत्र प्रवेश गर्ने सबै नाकामा कडाइ गरिएको छ । पूर्व पश्चिम राजमार्गको बासगढी क्षेत्रमा अत्यावश्यक सवारीसाधन, खाधान्न ढुवानी, तरकारी, फलफुल, एम्बुलेन्स, सुरक्षा निकाय, लामोदुरीबाट आएका निजि सवारीसाधनवाहेक अन्यलाई रोक लगाईएको छ ।

समुदायमा कोरोना फैलन सक्ने जोखिमलाई मध्यनजर गरि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरि नगर शिल गरिएको प्रशासनले जनाएको छ । सोमबार २२ गतेदेखि जारी गरिएको निषेधाज्ञा २८ गतेसम्म कायम रहने बताईएको छ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक काममा वाहेक घरवाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ ।