जिपको ठक्करवाट पैदलयात्रीको मृत्यु

२० भाद्र २०७७, शनिबार १८:२३

बुटवल , पाल्पामा बलेरो जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शनिबार पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ५ मुडुलिचौपारी स्थित आर्यभञ्ज्याड रामपुर पक्की सडक खण्डमा खाद्यान्न बोकेको जिपले पैदलयात्रीलाई ठक्कर दिँन पुगेको थियो ।

ना३ च ८८०८ नम्बरको सो बलेरो जिपको ठक्करबाट स्थानीय ६० वर्षीय भुपाल सिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।